२०८२ अषाढ ४, बुधबार

नेकपा एमाले बागमती प्रदेश

नेकपा एमाले बागमती प्रदेश प्रचार कार्यशाला भक्तपुरमा सुरु

एमाले प्रतिको कु प्रचार विरुद्ध प्रतिकार गर्ने
नेकपा एमाले बागमती प्रदेश प्रचार कार्यशाला भक्तपुरमा सुरु

२२ जेष्ठ, भक्तपुर / नेकपा एमाले बागमती प्रदेश कमिटी प्रचार बिभागले २ दिने कार्यशाला भक्तपुरको डोलेश्वर भेन्यु रिसोर्टमा आज देखि सुरु गरेको छ । नेकपा एमाले बागमती प्रदेश प्रचार बिभाग प्रमुख भक्त कुमारी तामाङको अध्यक्षतामा बसेको कार्यशाला कार्यक्रममा नेकपा एमाले पार्टी महासचिव शंकर पोखरेलको प्रमुख अतिथिबाट प्रचार कार्यशाला सुरु भएको हो ।

कार्यक्रममा बिशेष अतिथि नेकपा एमाले उप महासचिव तथा सूचना तथा संचार प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र नेकपा एमाले बागमती प्रदेश सचीव नवराज सिलवालको उपस्तिथि रहेको थियो । प्रचार कार्यशाला कार्यक्रम सम्बोधन गर्नु हुदै प्रमुख अतिथि पोखरेलले नेकपा एमाले माथि भैरहेको कु प्रचार प्रति प्रतिरोधमा उत्रनु पर्ने बताउनु भएको छ । नेकपा एमाले राष्ट्र र राष्ट्रियता प्रति उभिने भएको कारण नै नेकपा एमाले र पार्टी अध्यक्ष प्रति कु प्रचार गरेको भन्दै नेकपा एमाले पार्टी बलियो पार्टी र क्याडर पार्टी भएको हुदा हामी नेकपा एमाले माथि प्रहार भएको हुदा अब प्रचार विभाग र सदस्यलाई प्रतिकारमा उत्रन निर्देशन दिनु भयो ।


सूचना तथा संचार प्रविधि मन्त्री नेकपा एमाले उप महासचिव पृथ्वी सुव्वा गुरुङले मार्कसवादको दर्शन र वर्तमान राजनीतिको बिषयमा सम्बोधन गर्नु भएको थियो ।


त्यसै गरी नेकपा एमाले बागमती प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य राजन भट्टराईले नेकपा एमाले माथि जुन तहको देशीविदेशीले एमाले माथि प्रहार भै रहेको छ त्यो राष्ट राष्ट्रियताको पक्षमा बोल्ने नेकपा एमाले भएकोले हामी नेकपा एमाले माथि प्रहार भएको बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले बताउनु भयो ।


अतिथि नेकपा एमाले बागमती प्रदेश सचिव नवराज सिलवाल मन्तव्य राख्नु भएको थियो ।
बागमती प्रदेश प्रचार कार्यशाला कार्यक्रममा जिल्ला प्रचार बिभाग प्रमुख र प्रेस चौतारी नेपाल जिल्ला अध्यक्ष र सचिवको उपस्थिति रहेको थियो ।

भिडियो लिंक

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस