२०८२ अषाढ २, सोमबार

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १३, सोमबार
कांग्रेस पदाधिकारी बैठक बस्दै

१२ जेठ, काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।

महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् ।

पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीले राजीनामा दिनुपर्ने माग उठेको छ । यसबारेमा पनि छलफल हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस