१५ जेठ काठमाडौँ / नेकपा एमाले धुनिवेशि नगर कमिटीले गणतन्त्र दिवस दिप प्रज्वलन गरी मनाएको छ । प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य रमेश आचार्यले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नु भएको हो ।
नेकपा एमाले धुनिवेशि नगर कमिटी अध्यक्ष दिनेश बास्कोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले धुनिवेशि नगर कमिटीको कार्यालयमा नेपालको नक्सा बनाई मैन बत्ति प्रज्वलन गरी मनाएको हो ।
कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष नेकपा एमाले प्रदेश सदस्य मन्दिरा श्रेष्ठ जिल्ला कमिटी सदस्य रामकुमार चापागाई मनोज तामाङ्ग राजिव लामा सुनिल तामाङ लगाएतको उपस्थित रहेको थियो ।
युवा संघ नेपाल केन्द्रिय सदस्य नव निर्वाचित सुनिल तामाङलाई नगर कमिटीले बधाई अनि शुभकामना समेत दिएको थियो ।
तस्बिर ……