२०८२ अषाढ ४, बुधबार

दयाहाङ र रिश्माको ‘रिमै’ २७ भदौमा रिलिज

दयाहाङ राई र रिश्मा गुरुङको  भूमिका रहेको फिल्म ‘रिमै’को प्रदर्शन मिति तय भएको छ
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २९, सोमबार
दयाहाङ र रिश्माको ‘रिमै’ २७ भदौमा रिलिज

२९ वैशाख काठमाडौं /। बुद्ध जयन्तीको अवसरमा सोमबार पोस्टर सार्वजनिक गर्दै निर्माताले २७ भदौदेखि फिल्म विश्वब्यापी रिलिज हुने जनाए ।

खिलबहादुर गुरुङ निर्देशित फिल्ममा ‘कबड्डी’ फिल्मको जोडीलाई पुनः पर्दामा देख्न सकिनेछ । सार्वजनिक केही पोस्टरमा दयाहाङ, रिश्मा, गौमाया गुरुङलाई फिचर्ड गरिएको छ । दयाहाङ राई र रिश्मा गुरुङको  भूमिका रहेको फिल्म ‘रिमै’को प्रदर्शन मिति तय भएको छ

गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर फिल्म बनाइएको छ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा फिल्म बनेको हो ।

यसमा बुद्धि तामाङ, अर्पण थापा, कविता आलेमगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना रानामगरको पनि अभिनय छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस