१५ जेठ काठमाडौँ / भारतमा कोरोना संक्रमणका कारण मानिसको मृत्यु हुने क्रम जारी छ । भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार थप २ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
बुधबार महाराष्ट्रको ठाणेमा बुधबार कोरोना संक्रमित ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई मे २५ तारिख अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचाप र मधुमेह थियो भने उनले कोरोनाविरुद्धको खोप पनि लिएका थिएनन् ।
यस्तै बुधबार चण्डीगढमा पनि कोरोना उपचारका क्रममा उत्तर प्रदेशका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनी पन्जाबको लुधियानामा काम गर्थे । सास फेर्न गाह्रो भएपछि उनलाई चण्डीगढ रेफर गरिएको थियो ।
भारतभर कोरोना संक्रमण हुने क्रम बढिरहेको छ । अहिलेसम्म भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १३२६ पुगेको छ । जसमा सबैभन्दा बढी केरलामा ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।