७ जेठ काठमाडौँ / काठमाडौं जिल्ला प्रहरी परिसरको गेटबाट एक थुनुवा फरार भएका छन् । बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा भागेका हुन् ।
फरार हुनेमा २४ वर्षीय निशान परियार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।