८ जेठ काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । पार्टीको आन्तरिक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरूलाई बोलाएका हुन् ।
आज सभापतिले पार्टीको पदाधिकारी तथा शीर्ष नेताहरूसँग सरसल्लाह गर्दै हुनुहुन्छ , कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, आज औपचारिक पदाधिकारी बैठक भने होइन ।
बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा हुने पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।