१६ जेठ काठमाडौँ / सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल सुरु भएको छ ।
प्रतिपक्षी दलहरुले सदनमा जारी राखेको अवरोध हटाउने, संसद्मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल लगायतका एजेन्डामाथि छलफलका लागि सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन् ।
घिमिरेले सुरुमा मुख्य सचेतक र सचेतकलाई बैठकका लागि बोलाएका छन् । त्यसपछि उनले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका उनको सचिवालयले जनाएको छ । प्रमुख सचेतकहरुसँगको बैठक सिंहदरबारमा बसिरहेको छ ।