२०८२ अषाढ २, सोमबार

दीया पुनले चढिन् युरोपको अग्लो हिमाल

अभिनेत्री दीया पुनले युरोपको अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’को सफलतापूर्वक आरोहण गरेकी छन् ।
दीया पुनले चढिन् युरोपको अग्लो हिमाल

२८ जेठ काठमाडौं / अभिनेत्री दीया पुनले युरोपको अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’को सफलतापूर्वक आरोहण गरेकी छन् । उनको आरोही दल एलिट एक्सिपिडिसनका अनुसार मंगलबार बिहान १० बजे उनी ५,६४२ मिटर उचाइको हिमाल चढेकी हुन् ।

अभिनेत्री पुनले पनि सामाजिक संजालबाट यसबारे जानकारी दिएकी छन् । ७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियानमा निस्किएकी दीयाले यसअघि सगरमाथा, अफ्रिकाको अग्लो माउन्ट किलिमन्जरो, दक्षिण अमेरिकाको अग्लो अकोनकागा हिमाल चढेकी छन् । उनी यतिबेला ‘सेभेन समिट’ अभियानमा छिन् ।

माउन्ट एल्ब्रसमा उनले नेपालको राष्ट्रिय झण्डासहित तमु समाज र बेलायती गुर्खाको झण्डा पनि लगेकी थिइन् । अब उनी उत्तर अमेरिकाको अग्लो अलाकास्थित डिनाली, अन्टार्कटिकाको अग्लो भिन्सोन मासिफ र इण्डोनेसियास्थित पञ्जय जयको आरोहण गर्ने उनको तयारीमा छिन् ।

हिमाल चढ्नु महंगो भएको र आफू जागिरे र फिल्ममा समेत व्यस्त हुनुपर्ने भएकाले यी हिमाल चढ्न केही समय लाग्ने उनको भनाइ छ । पेशाले उनी नर्ससमेत हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस