२०८२ अषाढ ४, बुधबार

पाकिस्तानी गोलाबारीमा भारतको जम्मूमा पाँच जनाको मृत्यु, तीन घाइते

पाकिस्तानी गोलाबारीमा भारतका विभिन्न स्थानमा पाँचजनाको मृत्यु भएको छ
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २७, शनिबार
पाकिस्तानी गोलाबारीमा भारतको जम्मूमा पाँच जनाको मृत्यु, तीन घाइते

२७ वैशाख काठमाडौं / पाकिस्तानी गोलाबारीमा भारतका विभिन्न स्थानमा पाँचजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

भारतको नेशनल हेराल्ड अखबारले स्थानीय अधिकारीहरूलाई उदृत गर्दै मानव बसोबास भएका विभिन्न सहरमा गरिएको मिसाइल तथा ड्रोन आक्रमणमा दुई वर्षीय बच्चासहित पाँचजना मारिएका बताएको छ । तीनजना घाइते भएको समाचारमा उल्लेख छ ।

पुँछ जिल्लाको कांगा–गल्हुट्टा गाउँमा मोर्टार आक्रमणमा परेर ५५ वर्षीया महिला मारिएकी छन् । जम्मू जिल्लाको आरएस पुरा सेक्टरस्थित बिदिपुर जट्टा गाउँका एक नागरिक पनि मारिएको बताइएको छ ।

भारत नियन्त्रित जम्मू र कश्मीरको एक जिल्ला प्रमुख राजकुमार थापासहित अन्य स्थानीय पाकिस्तानी सेनाले पुँछ र जम्मू जिल्लामा गरेको गोलाबारीमा मारिएका बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस