२०८२ अषाढ २, सोमबार

नुवाकोटमा प्रदर्शन हुदा काठमाडौंबाट गएका फोहोरका गाडी बाटोमै रोकिए

नुवाकोटमा प्रदर्शन हुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिएका छन् ।
नुवाकोटमा प्रदर्शन हुदा काठमाडौंबाट गएका फोहोरका गाडी बाटोमै रोकिए

१९ वैशाख काठमाडौं काठमाडौं / महानगरपालिकाले माछापोखरीको फुटपाथ व्यापार हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन हुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ का स्थानीयले सडक बन्द गर्दा सिसडोल डम्पिङ साइट हिँडेका गाडीलाई तीनपिप्लेमै रोकिएको हो । स्थानीयले सडक बन्द गर्दा

काठमाडौंको फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिएको महानगर वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले बताइन् ।

“माछापोखरीको फुटपाथ व्यापार हटाउँदा उहाँहरूले फोहोरका गाडीहरू रोक्नुभएको छ । उहाँहरूसँग कुरा गर्न पर्खिरहेको छु,” राईले भनिन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस