२०८२ अषाढ ४, बुधबार

आइपिएल २०२५ बाट बाहिर ग्लेन म्याक्सवेल

अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएल २०२५ का बाँकी खेल गुमाउने भएका छन् ।
आइपिएल २०२५ बाट बाहिर ग्लेन म्याक्सवेल

१८ वैशाख काठमाडौँ / अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएल २०२५ का बाँकी खेल गुमाउने भएका छन् ।

पञ्जाब किंग्सका अलराउन्डर म्याक्सवेल दाहिने हातको औंलामा चोट लागेपछि आइपिएल २०२५ को बाँकी खेलबाट बाहिरिएका हुन् । पञ्जाबका कप्तान श्रेषस अय्यरले म्याक्सवेल बाहिरिएको पुष्टि गर्दै उनको स्थानमा अर्को खेलाडी ल्याउने विषयमा अहिले नसोचेको बताए ।

उनी यो सिजन फर्ममा थिएनन् । उनले चार विकेट लिएका थिए भने ६ इनिङ्गसमा केवल ४८ रन बनाएका थिए । जसमा पछिल्ला चार खेलमा उनले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

उनलाई पञ्जाबले पछिल्लो मेगा अक्सनमा ४.२ करोड भारूमा आबद्ध गरेको थियो । यसअघि पञ्जाबका तीव्र गतिका बलर लकी फर्ग्युन पनि चोट लागेका कारण टोलीबाट बाहिरिएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस