२०८२ अषाढ २, सोमबार

घट्यो सुनको मुल्य : कतिमा हुदै छ कारोबार  ?

नेपाली बजारमा आज  सुनको मूल्य घटेको छ ।
घट्यो सुनको मुल्य : कतिमा हुदै छ कारोबार  ?

२७ जेठ काठमाडाैँ / नेपाली बजारमा आज  सुनको मूल्य घटेको छ । गत आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।

सोमबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ ।

सोमबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस