३१ वैशाख काठमाडौँ /रष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ अघि बढेको छ । न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ भइरहेको छ ।
लामिछानले बन्दी प्रत्यक्षीकरण र थुनामा राख्ने उच्च अदालतको आदेशविरुद्ध ७३ नम्बर निवेदन दिएका हुन् । दुवै मुद्दामा एकैपटक सुनुवाइ हुन लागेको हो । यसअघि तीनपटकसम्म उनको मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।
जिबी राईको समूहले चलाएको सहकारीमा आफ्नो कुनै सम्बन्ध नभए पनि गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकै आधारमा प्रतिशोधका आधारमा मुद्दा चलाइएको दाबी लामिछानेको छ ।