२०८२ अषाढ ४, बुधबार

भोलि ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १४, मंगलबार
भोलि ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

१३ जेठ काठमाडौं / प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै होहल्ला गर्दै संसदको नियमित प्रक्रियामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे । राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने भन्दै विपक्षी दलहरुले सदनमा होहल्ला र नाराबाजी गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस