२०८२ अषाढ २, सोमबार

प्रतिनिधिसभा बैठक पर्सि सम्मलाई स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभा बैठक पर्सि सम्मलाई स्थगित

२३ जेठ काठमाडौँ / प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्दै नबसी आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित विपक्षीहरूले लगातार सदन अवरोध गर्दै आइरहेका छन् । उनीहरूले उच्चस्तरीय छानबिन समितिलाई बटमलाइन बनाएका छन् ।

यसबारे आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलका शीर्ष नेतासँग छलफल गरेका थिए । दाहालले भरपर्दो छानबिन समिति बनाउन सरकारको प्रतिबद्धता आयो भने अहिलेको समस्या समाधान हुने बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस