२०८२ अषाढ ४, बुधबार

बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान

कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।
बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान

९ वैशाख, काठमाडौँ  /कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।

मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार राना मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको छ ।

राना बिहान जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जोशी स्वयंम घटनास्थल पुगेका छन् ।

नेपाल प्रहरीको धनगढीमा रहेको कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस