२०८२ अषाढ २, सोमबार

नागढुंगाबाट सुनसहित भारतीय नागरिक पक्राउ

सुनसहित काठमाडौँको नागढुंगा चेक प्वाइन्टबाट भारतीय नागरिक पक्राउ परेका छन् ।
नागढुंगाबाट सुनसहित भारतीय नागरिक पक्राउ

२३ जेठ काठमाडौँ / ४५ लाख बढी मूल्यको सुनसहित काठमाडौँको नागढुंगा चेक प्वाइन्टबाट भारतीय नागरिक पक्राउ परेका छन् ।

झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई जाँचका क्रममा पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बसमा जाँच गरेको थियो ।

पक्राउ परेका भारतीय नागरिक ३१ वर्षका महादेव सामन्तको साथमा २७४.८३ ग्राम सुन बरामद भएको छ । थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।

उनको साथबाट बरामद सुनको मूल्य आजको दिनमा ४५ लाख ६३ हजार ८२६ रुपैयाँ पर्ने नेपाल रत्न तथा आभूषण संघले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस