२८ वैशाख काठमाडौँ भारत र पाकिस्तान बीच शनिबार युद्धविराम घोषणा भएपछि भारतको क्रिकेटको प्रशासनीक निकाय बिसिसिआईले आइपिएल २०२५ पुनः सुरु गर्न प्रक्रिया अघि बढाएका छन् ।
’युद्ध रोकिएको छ । नयाँ परिस्थितिमा बिसिसिआईका पदाधिकारी र आइपिएल सञ्चालक परिषदले आइतबार छलफल गरी निर्णय लिनेछ, बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले पिटिआईसँग भनेका छन् ।
दस टोलीले विदेशी खेलाडी र कोचिङ स्टाफलाई भारत फर्काउन प्रयास गरिरहेका छन् । किनभने आइपिएल तत्काल सुचारु गर्ने योजनामा आइपिएलछ । यो हप्ताको सप्ताहान्त (मे १५ तिर) भारतीय सरकारको अनुमतिमा आइपिएल सुरु हुन सक्ने बुझिएको क्रिकइन्फोले जनाएको छ । भारत र पाकिस्तानबीच सीमा तनाव बढेपछि शुक्रबार एक हप्ताका लागि आइपिएल स्थगित गरिएको थियो ।
तनावका कारण मे ८ मा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल पहिलो इनिङको बीचमा रद्द गर्नुपरेको थियो । अहिले तत्कालको चुनौती भनेको विदेशी
खेलाडीहरू फर्काउने रहेको छ । धेरैजसो खेलाडीले शुक्रबार र शनिबार भारत छोडिसकेका छन् । केही टोलीले खेलाडी र स्टाफलाई भारत फर्कन तयार रहन भनेका छन्।
जुन ११ मा लड्र्समा सुरु हुने अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनशिप फाइनलको केही समयअघि नै आइपिएल सक्नु पर्ने दबाब छ ।