२० जेठ काठमाडौँ / कराँते–१ प्रिमियर लिगमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छिन् ।
केहीबेरअघि नेपाल फर्किएकी एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।
एरिकाको स्वागतमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, प्रशिक्षक कुशल श्रेष्ठलगायत अन्य खेलाडीहरु विमानस्थल पुगेका थिए ।
एरिकाको स्वागतमा एरिकाका आमाबुवासहित परिवारका अन्य सदस्य पनि विमानस्थल पुगेका थिए । आइतबार राति मोरक्कोको रवातमा सम्पन्न महिला ६८ केजी माथिको तौल समूह अन्तर्गत काँस्य पदकका लागि भएको खेलमा एरिकाले फ्रान्सकी पिए क्लेमेन्सलाई ६९२ ले पराजित गरेकी थिइन् ।
एरिकाले पुल ६ को सुरुवाती खेलमा टर्कीकी जेना गाबालासँग २–२ र इटालीकी क्लिओ फेराकुतीलाई ३–१ ले हराएकी थिइन् ।
साइप्रसकी जिआमुकी ठेओदोसियासँग १–१ को बराबरी खेल्दा स्पेनिकी मारिया टोरेस गार्सियासँग भने ५–५ को बराबरीमा पछि परेकी थिइन् ।
सेमिफाइनलमा मारिया टोरेससँग पराजित भएपछि एरिकाले काँस्य पदकका लागि प्रतिस्पर्धा गरेकी थिइन् ।