२०८२ अषाढ २, सोमबार

लुम्बिनी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख ३०, मंगलबार
लुम्बिनी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

३० वैशाख काठमाडौँ / बुटवल लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएकी छन् किनभने उनले करबाट प्राप्त पारिश्रमिक लिन उपयुक्त नठानेको बताएका छन् ।

उनको राजीनामा स्वीकृत गर्न सभामुखलाई पत्र पठाइएको र स्वीकृत भएको जानकारी जनमत पार्टीका नेता चन्द्रकेश गुप्ताले दिएका छन् ।
गुरुङले आफ्नो राजीनामाको कारण जनताले तिरेको करबाट प्राप्त पारिश्रमिक लिन उपयुक्त नहुने आफ्नो मान्यता व्यक्त गरेकी छन् ।

गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । प्रदेश सभा सदस्य गुरुङको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनको नम्बर डायल गर्दा स्वीच्डअफ भएको सन्देश सुनिन्छ ।

जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए । आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको जानकारी पनि उनले दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस