२०८२ अषाढ २, सोमबार

प्रधानमन्त्री र भारतीय राजदूतको भेट

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको शुक्रबार भेट भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २६, शुक्रबार
प्रधानमन्त्री र भारतीय राजदूतको भेट

२६ वैशाख काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको शुक्रबार भेट भएको छ ।

बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको उनको सचिवालयले जानकारी दिएको छ ।

राजदूत श्रीवास्तले आक्रमण भएको ठाउँमा भारतले जबाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे । उनले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरे ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस