२०८२ अषाढ ४, बुधबार

मेलम्ची नगरपालिका सडक आश्रित बालबालिका मुक्त घोषणा

सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाले सडक आश्रित बालबालिका मुक्त स्थानीय तह घोषणा गरेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २, बिहिबार
मेलम्ची नगरपालिका सडक आश्रित बालबालिका मुक्त घोषणा

१ जेठ सिन्धुपाल्चोक / सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाले सडक आश्रित बालबालिका मुक्त स्थानीय तह घोषणा गरेको छ । सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको मिति २०८२/०१/०५ को पत्रानुसार मेलम्ची नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सडक आश्रित बालबालिकाको खोज तथा पुनःस्थापनाको व्यवस्था मिलाएको हो ।

नगर कार्यपालिकाको बैठकले समेत मेलम्ची नगरभित्र कुनै पनि सडक आश्रित बालबालिका नरहेको पुष्टि गरेको छ । यस निर्णयलाई आधार मानेर, नगरपालिकाले मिति २०८२/०१/१० मा सबै वडाहरूमा गरिएको पत्राचार तथा वडास्तरीय छलफलमार्फत आफ्ना क्षेत्रमा कुनै पनि सडक आश्रित बालबालिका नरहेको जानकारी दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित पत्रमा मेलम्ची नगरपालिकाले बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय सगैँ जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्र्रिय महासंघलाई समेत सडक आश्रित बालबालिका मुक्त स्थानीय तह भएको जानकारी दिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस