५ वैशाख काठमाडाैँ / आइपिएल २०२५ अन्तर्गत बिहीबार राति मुम्बईको वानखेड़े स्टेडियममा भएको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ ।
पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो । टोलीका लागि अभिषेक शर्माले ४० रन बनाए भने हेनरिक क्लासेनले ३७ रनको योगदान दिए । मुम्बईका बलर जसप्रीत बुमराहले किफायती बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । ज्याक विल्सले २ विकेट लिए ।
१
६३ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको मुम्बईले १८.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । मुम्बईका लागि ज्याक विल्से ३६ रन बनाए भने रायन रिकेल्टनले ३१ रनको योगदान दिए । बलिङमा हैदरावादका पाट कमिन्सले ३ विकेट लिए ।