२०८२ अषाढ ४, बुधबार

काठमाडौंमा कुष्ठरोग सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २५, बिहिबार
काठमाडौंमा कुष्ठरोग सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु

२५ वैशाख, काठमाडौं / नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सम्मेलनको उद्‍घाटन बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

उद्‍घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभावविरुद्ध सरकारले आफना ठाउँबाट भूमिका निर्वाह गर्ने कुरामा कमी हुन नदिने बताए ।

सरकारले पहिले देखि नै कुष्ठरोग उन्मुलनका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको उनले स्पष्ट पारे । कुष्ठरोगमा हुने विभेदविरुद्ध नागरिक स्तरको भूमिका आवश्यक रहेको प्रधानमन्त्री ओलीले बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा भएको उद्‍घाटन शत्रमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले सम्मेलनको उद्देश्यमाथि प्रकाश पारे । देवकोटाले मन्त्रालयकातर्फबाट कुष्ठरोगको हालको अवस्था, चुनौती तथा रणनीतिक मार्गचित्र सम्बन्धी जानकारी गराएका थिए ।

सम्मेलनमा कुष्ठ रोगनिवारणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संलग्न संघ/संस्थाका विशेषज्ञ र जानकारसहित करिब ३०० जनाको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपालमा कुष्ठरोग उन्मुलनका लागि भएका प्रयास सम्बन्धी विषयगत छलफलका हुनेछ । प्रदेश र स्थानीय तहमा कुष्ठरोग उल्मुलनको गति बढाउने विषयमा गहन मन्थन हुने पनि जानकारी दिइएको छ ।

कुष्ठरोग उल्मुलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी, प्रभावित व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा, संरक्षणका लागि विद्यमान नीति, कानुनी पाटोकाबारे पनि सम्मेलनमा गहन छलफल हुने कार्यक्रम रहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस