२०८२ अषाढ ४, बुधबार

पाकिस्तानको गोलाबारीमा कश्मीरमा एक महिलाको मृत्यु, दुई घाइते

पाकिस्तानको गोलाबारीपछि भारत नियन्त्रित कश्मीरमा एक महिलाको मृत्यु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २६, शुक्रबार
पाकिस्तानको गोलाबारीमा कश्मीरमा एक महिलाको मृत्यु, दुई घाइते

२६ वैशाख काठमाडौं / पाकिस्तानको गोलाबारीपछि भारत  कश्मीरमा एक महिलाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

भारतीय अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियालाई दिएको जानकारी अनुसार नियन्त्रण रेखा नजिकै उरी जिल्लामा भारी गोलाबारीपछि एक महिलाको मृत्यु भएको छ । उनका दुई परिवारका सदस्य घाइते भएका बीबीसीले जनाएको छ ।

कश्मीरका विभिन्न सीमा क्षेत्रबाट प्राप्त भिडियो फुटेजले गएरातिको गोलाबारीमा धेरै पसल र घरहरू क्षतिग्रस्त भएको देखाएको दाबी गरिएको छ । बीबीसीले यसलाई पुष्टि गर्न सकेको छैन ।

यसअघि, बुधबार बिहानदेखि पाकिस्तानी गोलाबारीका कारण भारतको कश्मीरमा तीन महिला र पाँच बच्चासहित १६ जनाको मृत्यु भएको बिहीबार बताएको थियो ।

भारतको जम्मू कश्मीर राज्यका मुख्यमन्त्री उमर अब्दुल्ला जम्मू राज्यमा पुगेका छन् । गएराति पाकिस्तानले भारत र भारतनियन्त्रित कश्मीरका तीन सैन्य अड्डाहरूमा ड्रोन र मिसाइल प्रहार गरेपछि त्यसको समीक्षा गर्न उनी त्यहाँ पुगेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस