२०८२ अषाढ ४, बुधबार

भारतले आक्रमण गर्ने विश्वसनीय सूचना पाएको पाकिस्तानको दाबी

पाकिस्तानले भारतले ३६ घन्टाभित्र आक्रमण गर्नसक्ने दाबी गरेको छ ।
भारतले आक्रमण गर्ने विश्वसनीय सूचना पाएको पाकिस्तानको दाबी

१७ वैशाख काठमाडौँ /  पाकिस्तानले भारतले ३६ घन्टाभित्र आक्रमण गर्नसक्ने दाबी गरेको छ । जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी भारतको छ ।

सोही आधारमा भारतले पाकिस्तानमाथि २४ देखि ३६ घन्टाभित्र आक्रमण गर्न सक्ने विश्वसनीय सूचना प्राप्त भएको पाकिस्तानका सञ्चारमन्त्री ccले सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका छन् ।

आधारहीन र मनगढन्ते आरोपको बहानामा भारतले आगामी २४–३६ घण्टाभित्र पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानसँग विश्वसनीय गुप्तचर जानकारी छ, उनले सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै भनेका छन् ।

मन्त्री तरारले आफ्नो भनाइलाई पुष्टि हुने आधार भने सार्वजनिक गरेका छैनन् । यद्यपि कुनै पनि प्रकारका सैन्य कारबाही भए पाकिस्तानले त्यसको जबाफ दिने चेतावनी पनि मन्त्री तरारले दिएका छन् । र ती सबैको जिम्मेवार भारत हुने उनले बताएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस