२०८२ अषाढ २, सोमबार

रवीन्द्र मिश्रलाई सर्वोच्च अदालत लगियो

रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको रिट आज सुनुवाइ गर्दैछ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ३, शुक्रबार
रवीन्द्र मिश्रलाई सर्वोच्च अदालत लगियो

२ जेठ काठमाडौँ / सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि सुनुवाइ गर्दैछ ।

बिहीबार न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ तोकिएको छ । मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले रिट दिएकी थिइन् ।

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नुको कारण देखाउन र उनलाई अदालतमै हाजीर गराउन आदेश जारी गरेको थियो ।

सो अनुसार उनलाई अदालत उपस्थित गराइसकिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र ४७ दिनदेखि प्रहरी हिरासतमा छन् । काठमाडौं जिल्ला अदालतले मंगलबार थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

उनीमाथि अनुसन्धान र बयान लिने काम सकिसकेको भएपनि हाजिर जमानीमा नछाडिएको उनकी श्रीमती कार्कीको जिकिर छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस