२०८२ अषाढ २, सोमबार

दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै

भूकम्पमा परि मन्दिर भत्किएका कारण बाहिर राखिएको रातो मच्छिन्द्रनाथलाई १० वर्षपछि मन्दिरभित्र विराजमान गराइने भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १९, आईतबार
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै

१८ जेठ काठमाडौँ / गोरखा भूकम्पमा परि मन्दिर भत्किएका कारण बाहिर राखिएको रातो मच्छिन्द्रनाथलाई १० वर्षपछि मन्दिरभित्र विराजमान गराइने भएको छ ।

भूकम्पले पूर्ण रूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ को मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आज रात मच्छिन्द्रनाथको भोटो जात्रा पश्चात् जावलाखेलबाट बुङगमती ल्याइ मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने तयारी भइरहेको छ ।

यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो । मच्छिन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासीहरूमा उत्साहित र हर्षित देखिएका छन् ।

१० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनः स्थापना हुन लागेकोमा स्थानीयहरू खुसी समेत देखिएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस