२०८२ अषाढ २, सोमबार

आजदेखि काठमाडौं आन्दोलनमा राजावादी

राजावादीहरूले बिहीबारदेखि राजधानीकेन्द्रित आन्दोलन गर्दै छन्‌ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १६, बिहिबार
आजदेखि काठमाडौं आन्दोलनमा राजावादी

१५ जेठ काठमाडौँ / राजावादीहरूले बिहीबारदेखि राजधानीकेन्द्रित आन्दोलन गर्दै छन्‌ । रत्नपार्कको शान्तिवाटिकामा हुने आन्दोलनमा ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह आन्दोलनमा सहभागी हुनेछन्‌ ।

त्यसक्रममा मञ्च खडा गरेर सभा हुनेछैन । रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढ्ने संयुक्त जनआन्दोलन समितिले जनाएको छ । आन्दोलनमा सहभागीहरू छातासहित उपस्थित हुनेछन्‌ । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना तथा संघीयता खारेजी नभएसम्म आन्दोलन जारी रहने राजावादी नेताहरूले दाबी गरेका छन्‌ ।

रत्नपार्ककेन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने नेताहरूले बताएका छन्‌ । शीर्ष नेताहरूले स्वयंसेवकलाई बुधबार प्रशिक्षण दिएका छन्‌ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले उनीहरूलाई प्रशिक्षण दिएका हुन्‌ ।

आन्दोलनको अग्रभागमा शीर्ष नेताहरू रहने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । देश जोगाउन अवस्था र व्यवस्था बदल्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउँदै राजावादीले आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रह हुने दाबी गरेका छन्‌ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस