३० वैशाख, काठमाडौं / काभ्रेको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको बाढीबाट हिजो बेपत्ता भएकी महिलाको खोजी कार्य जारी छ ।
खोलामा आएको बाढीमा परेर ३५ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् । उनको खोजीकार्यको लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।
खेतबारीबाट काम गरी घर फर्कने क्रममा सोमबार साँझ आएको बाढीमा परेर उनी बेपत्ता भएकी थिइन् । लगत्तै, हिजोबाटै उनको खोजी कार्य सुरु गरिएको थियो ।
फेला पर्न नसकेपछि उनलाई आज बिहान पुनः खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।