२०८२ अषाढ २, सोमबार

शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लाई प्रहरीले पक्राउ गरेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २८, आईतबार
शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

२८ वैशाख काठमाडौँ  / शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार उनलाई सुकेधाराबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले राज्यविरूद्धको कसुर गरेको अभियोगमा उनीविरूद्ध पक्राउ पुर्जी लिएको थियो ।

त्यसयता फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने सरकारी गाडी, निजी घर र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस