२०८२ अषाढ ४, बुधबार

गायिका रचना रिमाल अस्पताल भर्ना

गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् ।
गायिका रचना रिमाल अस्पताल भर्ना

२७ जेठ काठमाडौँ / गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् ।

सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएको हो । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो ।

नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ ।

सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो ।

उनी काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएकी छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस