२०८२ अषाढ ४, बुधबार

सर्वोच्चले माग्यो गगन थापासँग लिखित जबाफ

सर्वोच्च अदालतले अदालतको अवहेलना रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जबाफ माग गरेको छ ।
सर्वोच्चले माग्यो गगन थापासँग लिखित जबाफ

१६ वैशाख काठमाडौँ / सर्वोच्च अदालतले अदालतको अवहेलना रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जबाफ माग गरेको छ ।

मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो ।

सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलका अनुसार सात दिनभित्र जबाफ पेस गर्न आदेश भएको हो । ‘आफै‌ वा आफ्ना कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्न आदेश भएको छ,’ कुईकेलले भने ।

आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको रिट दर्ता भएको थियो । अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले मुद्दा दायर गरेका थिए । संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले केही दिन अघि भाषण गरेका थिए ।

संवैधानिक नियुक्ति भएका पदमा समयावधि सकिने बेला भइसकेको तर पनि फैसला नगरिकन राखेको भन्दै अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर अवहेलना भएको भन्दै मुद्दा दायर भएको हो। अहिले संवैधानिक नियुक्तिको विषयमा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस