२०८२ अषाढ ४, बुधबार

शिक्षक महासंघ

कक्षा १२ को परीक्षाबारे शिक्षक महासंघ– जेसुकै गर, आन्दोलन रोकिँदैन

आन्दोलनरत शिक्षक पछि नहट्ने
कक्षा १२ को परीक्षाबारे शिक्षक महासंघ– जेसुकै गर, आन्दोलन रोकिँदैन

९ वैशाख काठमाडौं नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निणर्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनरत शिक्षक पछि नहट्ने बताए । सरकारले जेसुकै गरोस्, हामी पछि हट्नेवाला छैनौँ । कक्षा १२ को परीक्षामा पनि सहभागी हुन्नौँ । सरकारले जसरी चलाए पनि चलाओस् । सरकारले जस्तोसुकै कारबाही गरे पनि ऐन जारी नभएसम्म पछि हट्दैनौँ, सुवेदीले भने ।

अध्यक्ष सुवेदीले आफूहरूसँग विगतमा भएका सहमति समेटेर ऐन जारी नभएससम्म आन्दोलन नरोकिने स्पष्ट पारे । उनका अनुसार, आन्दोलनको नयाँ मोडालिटीबारे छलफल हुँदै छ ।

अब आन्दोलनको मोडालिटी कस्तो हुने भन्नेबारे आजै बैठक बस्दै छौँ, सुवेदीले भने । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित समयमा परीक्षा गराउने निर्णय गरेको छ ।

शिक्षकहरू गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौंको माइतीघर–बरबरमहल–बानेश्वरकेन्द्रित आन्दोलनमा छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस