१७ वैशाख काठमाडौं / आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि वार्ताका निम्ति सिंहदरबार प्रवेश गरेका छन् ।
बुधबारको वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ । वार्ता केहीबेरमा सुरु हुने बताइएको छ ।
यसअघि सरकारले शिक्षकहरूसँग विभिन्न तहमा वार्ता गरे पनि वार्ताले सार्थकता पाउन सकेको छैन ।
शिक्षकहरूले आन्दोलन र वार्तालाई समानान्तर रूपमा अघि बढाउने नीति लिएका छन् ।