२०८२ अषाढ २, सोमबार

छलफल सकेर फेरि सभामुख भेट्न गए विपक्षी

विपक्षी दलका नेताहरू छलफल सकेर फेरि सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २१, मंगलबार
छलफल सकेर फेरि सभामुख भेट्न गए विपक्षी

२० जेठ काठमाडौँ / विपक्षी दलका नेताहरू छलफल सकेर फेरि सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेका छन् ।

सभामुख र विपक्षी दलका नेताबीच आज दोस्रोपटक छलफल भइरहेको हो । विपक्षी दलहरूले आज नै बैठक गरेर तीन बुँदे निष्कर्ष निकालेका थिए । त्यसपछि उनीहरू सभामुखलाई भेट्न पुगेका थिए ।

भेटमा सत्ता पक्षका प्रमुख सचेतकसहितका नेताहरू पनि सहभागी थिए । त्यहाँ सत्तापक्षले गृहमन्त्री रमेश लेखकले सदनमा बोल्ने वातावरण बनाउन विपक्षीलाई आग्रह गरेका थिए । तर विपक्षीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त नगरेसम्म सदन चल्न नसक्ने दोहोर्‍याएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लागेको छ । विपक्षीले यसैलाई लिएर उनको राजीनामालाई बटमलाइन बनाएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस