२०८२ अषाढ २, सोमबार

लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य

लुम्बिनी–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चा माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १८, शनिबार
लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य

१७ जेठ काठमाडाैँ / लुम्बिनी–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चा माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि  ज्ञानभूमि भएकाले यसको गहिरो प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनु भयो ।

’लुम्बिनी देवभूमि हो । ज्ञानभूमि हो । तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन जरुरी छ । यसका लागि सञ्चार माध्यमहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ,झमुख्यमन्त्री आचार्यले भन्नु भयो–’लुम्बिनी प्रदेशकासमग्र क्षेत्रको विषयमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन मिडिया क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सबै मिलेर अघि बढ्न जरुरी छ ।

मुख्यमन्त्री आचार्यले मुलुक बनाउन सबै नागरिकले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनु भयो ।’लुम्बिनीको विकास र समृद्धिको लागि सञ्चार क्षेत्रबाट अहिलेसम्म उल्लेखनीय भूमिका निर्वाह भएको छ । म यसको प्रशंसा गर्दछु,झउहाँले भन्नुभयो–’समाजमा सकारात्मक सोचको विकास गर्न आवश्यक छ । यसमा मिडियाले अझ प्रभावकारी भूमिका खेल्नुपर्छ ।

सरकारका काममा स्वस्थ आलोचना हुनु जरुरी भए पनि राम्रो कार्यहरूलाई अन्देखा नगर्न आग्रह गर्नु भयो ।’सरकारका कमजोरी छन् भने त्यसको स्वस्थ आलोचना गर्नुस् । तर, सरकारको राम्रो काम हुँदा पनि अन्देखा गर्नुहुन्न,झमुख्यमन्त्री आचार्यले भन्नुभयो,’लुम्बिनी बनाउने काम कुनै अलौकिक शक्ति आएर हुने होइन। लुम्बिनी बनाउने जिम्मेवारी भनेको तपाई हामी सबैको हो ।

सञ्चार माध्यमको सहयोगबिना लुम्बिनीको प्रचारप्रसार विश्वव्यापी बन्न नसक्ने उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रका खबरहरू जनजनका कानमा पुर्‍याउन सञ्चार माध्यमले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशबाट टेलिभिजन र रेडियो दुवैको नविकरण प्रक्रिया अघि बढाउन संघीय सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।’प्रदेशमा मिडिया दर्ता भइरहेका छन् । अब नविकरणको काम पनि प्रदेश तहबाट गर्न सकिने विषयमा संघीय सरकारसँग समन्वय भइरहेको छझ उहाँले भन्नुभयो,’यसको निकास पनि छिट्टै निस्कने छ ।

’समृद्धिका लागि सञ्चारझ नारासहित आयोजना गरिएको टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालामा राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीका अध्यक्ष नरेश केसीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, वर्तमान मन्त्रीहरू, संघीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस