३० वैशाख,काठमाडौँ / विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् । विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल भागेका हुन् ।
प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् । भागेहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।