२०८२ अषाढ ४, बुधबार

दुई मोटरसाइकल ठोक्किँदा बर्दियामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

बर्दियामा गएराति दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १२, आईतबार
दुई मोटरसाइकल ठोक्किँदा बर्दियामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

११ जेठ काठमाडौँ / बर्दियामा गएराति दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते छन् ।

शनिबार राति साढे ११ बजेतिर मधुबन नगरपालिका–८ लालसिंहचोकस्थित सडकमा दुई वटा मोटरसाइकल ठोक्किएका हुन्र । दुर्घटनामा परी मधुबन नगरपालिका–८ लालिबजारका ३२ वर्षीय टंकबहादुर बिसी र गुलरिया नगरपालिका–२ का देवानन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरू दुबै जनाको जिल्ला अस्पताल गुलरियामा मध्यराति मृत्यु भएको हो ।

दुर्घटनाका अर्का गम्भीर घाइते गुलरिया नगरपालिका–२ का ३३ वर्षीय अनुपम यादवलाई भने बर्दियामा उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङहोममा पुर्‍याएर उपचार जारी छ ।

सानोश्रीबाट गुलरिया तर्फ जाँदै गरेको देवानन्द यादबले चलाएको भे १३ प २६६९ मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको टंकबहादुर बिसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

मृतकको दुवै जनाको शव पोष्टमर्टम पछि आइतबार दिउँसो आफन्तले बुझेको डिएसपी पालले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस