२०८२ अषाढ २, सोमबार

मलेसियामा ड्युटी गर्दा गर्दै सधैलाई अस्ताए दामी

उदयपुर जिल्लाको बेलका नगरपालिका–३ निवासी डबुक दामिको मलेसियामा कार्यरत अवस्थामा असामयिक निधन भएको छ ।
मलेसियामा ड्युटी गर्दा गर्दै सधैलाई अस्ताए दामी

२८ जेठ काठमाडौँ / उदयपुर जिल्लाको बेलका नगरपालिका–३ निवासी डबुक दामिको मलेसियामा कार्यरत अवस्थामा असामयिक निधन भएको छ । याे खबरले परिवार तथा गाउँमा शोक छाएको छ ।

नेपाल समय अनुसार रातिको करिब ९ः३० बजे, मलेसियाको जोहोरबारुस्थित सनाइ क्षेत्रमा ड्युटीमा रहेका अवस्थामा उनको निधन भएको हो । अन्दाजी ४४ वर्षीय दामि मलेसियाको एक निजी सुरक्षा कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए ।

स्रोतका अनुसार उनी नियमित ड्युटीमै रहेका बेला अचानक अस्वस्थ भएपछि घटनास्थलमै ढलेका थिए । दामि वर्षौंदेखि परिवारको आर्थिक अवस्था मजबुत बनाउन विदेशी भूमिमा पसिना बगाउँदै आएका थिए । उनी एक जिम्मेवार पारिवारिक व्यक्ति थिए, जसको कमाइले घर खर्च चल्ने गर्थ्यो । उक्त खबरले गाउँमा शोकको वातावरण छाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस