२०८२ अषाढ २, सोमबार

प्रहरी सिपाही मदन खड्का किन कुटिए ?

प्रहरी सिपाही मदन खड्का कुटिए छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २, बिहिबार
प्रहरी सिपाही मदन खड्का किन कुटिए ?

१ जेठ नौविसे /  काठमाडौँ अन्तर्गत पर्ने नागढुङगा ६ लेनको सडक हो । तर यो प्रहरी चौकीमा चेकिङको नाममा यात्रुलाई असहज हुने गरी चेकिङ हुदै आएको थियो । सोही दिन वैशाख ३१ गते पनि प्रहरीले चेकिङ जारी राख्दै नागढुङगा सडक सुधार कामहरु भइरहेकाले राजमार्ग लामो जाम भएको थियो ।

सडक सुधार गर्ने क्रमका सडक निमार्ण कम्पनिको स्काइभेटर पनि दुवै तर्फको आवगमन बन्द हुने गरि बिग्रिएको थियो । बिग्रिएको स्काइभेटरलाई हटाइ जाम खुल्ने क्रममा इन्सपेक्टर जितेन्द्रकुमार शाहले सवारी आवगमनलाई अवरोध नहुने गरी दिएको निर्देशनलाई प्रहरी जवान मदन खड्काले उल्टै अवैध रकम चेकिङको नाममा उठाइरहेको देखेपछि  हात उठाएका थिए ।

प्रहरी इन्सपेकटर जितेन्द्रकुमार शाहले दृुष्टि नेपाललाई भने सडक निमार्ण कार्यका लागि राती ११ बजेदेखि बिहान ४ बजेसम्म सवारी बन्द हुने भएकाले सवारी चाप बढेको हुनाले सवारी व्यवस्थापन गर्ने क्रममा प्रहरी जवान मदन खड्काले अटेर गरी सवारी आवगमनमा समेत असर पुग्ने गरी सवारी चेकिङको नाममा रकम लिएको देखेपछि आफु आक्रोशमा आएर धरपकट गरेको स्वीकारेको बताए ।

नागढुङगा प्रहरी चेकिङमा दिनहुँ जसो बिहानको समयमा चेकिङको नाममा २ किलोमिटर सम्म अस्तवेस्त रुपमा चेकिङ हुनुले आम नागरिकले कष्ट खेप्न बाध्य छन् । यदि चेकिङलाई व्यवस्थापन गरिएन भने यस्तो घटना नदोरिएला भन्न सकिन ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस