२०८२ अषाढ ४, बुधबार

विश्व पौडेलविरुद्धको रिट सर्वोच्चबाट दरपिठ

काठमाडौँ सर्वोच्च अदालत प्रशासनले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ३, शुक्रबार
विश्व पौडेलविरुद्धको रिट सर्वोच्चबाट दरपिठ

२ जेठ काठमाडौं / काठमाडौँ सर्वोच्च अदालत प्रशासनले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ ।

सिफारिस समितिबाट राजीनामा दिएसँगै पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए । बुधबार र बिहीबार दर्ता नभएको रिट शुक्रबार सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरिदिएका हुन् ।

पौडेलको नाम सिफारिस समितिले प्रस्ताव नगरेको, उनको राजीनामा सार्वजनिक सरोकारको विषय भएकोबारे रिटकर्ताले खुलाउन नसकेकोसहित कारण दिएर सर्वोच्च प्रशासनले रिट खारेज गरिदिएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले रिट दरपिठ भएको पुष्टि गरे ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस