२०८२ अषाढ ६, शुक्रबार

हत्या कि आत्म हत्या

गुरूकुलमा बालकको रहस्यम मृत्यु

झापा जिल्ला शिव सताप्क्षी नगरपालिका वडा नं. १० माइधार रहेको अनन्त आर्दश सस्कृत वेध विद्यालय अध्ययनरत उत्सव गौतमको रहस्यमय मृत्यु भएको घटना वाहिरिएको छ ।
गुरूकुलमा बालकको रहस्यम मृत्यु

१७ बैषाख, झापा / झापा जिल्ला शिव सताप्क्षी नगरपालिका वडा नं. १० माइधार रहेको अनन्त आर्दश सस्कृत वेध विद्यालय अध्ययनरत उत्सव गौतमको रहस्यमय मृत्यु भएको घटना वाहिरिएको छ । घटना २०८१ साल चैत्र २७ गतेको हो । विद्यालयमा दुर्घन्ध आउन थाले पछि खोजी गर्दा स्टोरमा दुई वटा कछाडमा झुण्डिएको अवस्थामा उत्सवको शव फेला परेको थियो ।
उक्त शव कनकाइ नगरपालिका वडा नं. ७ का वर्ष १२ का कक्षा ५ मा अध्ययनरत उत्सव गौतमको हो । बुबा गोतराज गौतम र आमा हरी माया दाहाल छोरा उत्सवलाई एक वर्ष अघि मात्र गुरुकुलमा भर्ना गराएका थिए । भर्ना गरेको एक वर्षमा छोरा उत्सवको मृत्यु घटनालाई सोभाविक मान्न सकेका छैनन् । छोराको मृत्युलाई आत्म हत्या नभै हत्या भएको भन्दै उनले शव उठाउन नमानेको तर मलाई शव वुझन दवाव दिएकोले शव वुझन बाध्य भएको भनि दुष्टि नेपाललाई गोतराजले वताए ।

उता गोतराजको भनाइ र सो घटनाको विषयलाई लिएर अन्नत आर्दश सस्कृत वेध विद्यालयको प्रधानाध्यापक उद्धव सापकोटा संग टेलिफोन मार्फत वुझन खोज्दा हाम्रो फोन रिसिभ गर्नु भएन ।

घटना स्थलको प्रकृतिलाई हेदा १२ वर्षिया उत्सवले दुई वटा पासो लगाउन सक्ने स्थिति अपत्यारिलो हुनु र शव भेटिएको केहि दिन गुरुबाट पिटिनु घटनाले पनि हत्या हुन सक्ने आकलन गर्न सकिन्छ । तर यस घटना सामसुम वनाउन खोजिएको देखिन्छ । त्यसैले यस घटनाको छानविन र अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन जरुरी जेखिन्छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस