२०८२ मंसिर २४, मंगलबार

जाँचबुझ आयोग

आजदेखि जाँचबुझ आयोगमा सशस्त्रका आईजी अर्यालको बयान

आजदेखि जाँचबुझ आयोगमा सशस्त्रका आईजी अर्यालको बयान

२३ मंसिर, काठमाडौं / जेनजी आन्दोलनमा भएको दमन विध्वंशबारे जाँचबुझ गर्न आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ ।

आयोग स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ । त्यसलगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने तयारी छ । अर्याल जेनजी आन्दोलनको बेलामा पनि सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए ।

कार्की भने जेनजी आन्दोलनको अघिल्लो दिन प्रहरी परिचालनको प्रत्यक्ष भूमिकामा थिएनन् । २३ गते बेलुकी मन्त्रिपरिषदको निर्णयपछि भोलिपल्ट भदौ २४ गते बिहानदेखि उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए ।

जाँचबुझ आयोगले कार्कीलाई प्रहरी महानिरीक्षकको हैसियतमा नभई तत्कालीन एआईजीको भूमिका र जिम्मेवारीको हैसियतमा बयान लिने तयारी गरेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस