२०८२ मंसिर २२, आईतबार

निर्वाचन

रास्वपाद्धारा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट

रास्वपाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया सुरु भएको घोषणा गरेको छ।
रास्वपाद्धारा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट

मंसिर १९, काठमाडौँ /  रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया सुरु भएको घोषणा गरेको छ। पार्टीले सार्वजनिक गरेको सूचनामा समानुपातिक तर्फ उम्मेदवार बन्न इच्छुक सदस्यलाई औपचारिक रूपमा आवेदन दिन आह्वान गरिएको छ।
उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले यसअघि जारी गरेको सूचनामा आवेदन शुल्क ५० हजार तोकिएको छ । योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । उम्मेदवारी दिने समयावधि मंसिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस