२०८२ मंसिर २२, आईतबार

कार्यकर्ता

च्यासलमा एमाले कार्यकर्ताबीच हात हालाहाल

नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच हात हालाहाल भएको छ ।
च्यासलमा एमाले कार्यकर्ताबीच हात हालाहाल

१९ मंसिर, काठमाडौं /  नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएकोमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल पुगेका थिए । उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका थिए । सो क्रममा उनीहरूले चर्को स्वरमा डेढ वर्षसम्म पनि विधि नमिलाइएको भन्दै आपत्ति जनाएका थिए । च्यासलमै भएको अर्को समूहसँग उनीहरूको हात हालाहाल भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस