२०८२ अषाढ १७, मंगलबार

छलफल

शीर्ष तहमा छलफल गरेर निजामती विधेयक टुंग्याइने

निजामती विधेयकमा मिल्न बाँकी रहेका विषयमा शीर्ष नेतृत्वबीच छलफल गरेर टुंगो लगाइने भएको छ ।
शीर्ष तहमा छलफल गरेर निजामती विधेयक टुंग्याइने

१० वैशाख, काठमाडौं / निजामती विधेयकमा मिल्न बाँकी रहेका विषयमा शीर्ष नेतृत्वबीच छलफल गरेर टुंगो लगाइने भएको छ ।

बुधबार आज बाट यो विधेयकमाथिको छलफल सकिएको छ । आज बसेको प्िरतनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिकिो बैठकबाट विधेयक पास गर्ने तयारी गरएिको थियो ।

सोही तयारीस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि समितिमा बोलाइएको थियो । प्रचण्ड समतिकिा सदस्य पनि हुन् ।

तर, उनीहरू दुवै बैठकमा उपस्थति भएनन् । समितिको सभापति रामहरि खतिवडाका अनुसार, अब विधेयकमाथि शीर्ष तहमा छलफल गर्ने तयारी छ । प्रचण्डले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग वधिेयकका केही जटिल विषयमाा कुरा गर्ने बताएका छन् ।

कुलिङ परियड, प्रदेश सचिव, प्रमुख प्रशासकीय अधिकृत लगायतका महत्त्वपूर्ण विषयमा प्रचण्डले छलफल गर्न खोजेका हुन् । समितिका सभापति रामहरि खतिवडा र उपसमितिका संयोजक दिलेन्द्रप्रसाद बडूले उक्त छलफलको संयोजक गर्नेछन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस