२०८२ अषाढ १७, मंगलबार

ट्रकमा बरामद ७८३ किलो गाँजा, दुई जना पक्राउ

सुनसरीको धरानमा प्रहरीले एउटा ट्रकबाट ७८३ किलो गाँजा गरेको छ ।
ट्रकमा बरामद ७८३ किलो गाँजा, दुई जना पक्राउ

१८ वैशाख काठमाडाैँ / सुनसरीको धरानमा प्रहरीले एउटा ट्रकबाट ७८३ किलो गाँजा गरेको छ ।

बुधबार सशस्त्र प्रहरीको टोलीले धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्ग सडकमा भेडेटारबाट धरानतर्फ जाँदै गरेको ट्रकमा गाँजा भेट्टाएको हो ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार नम्बर प्लेट नभएको ट्रकलाई शंका लागेर नेपाल नं१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।

ट्रकको चालक सिटमाथि बक्स बनाएर २२ वटा पोकामा लुकाइछिपाइ ल्याइँदै गरेको गाँजा बरामद भएको हो । ट्रकभित्र राखिएको अवस्थामा ना ७ ख २८१ लेखिको नम्बर प्लेट पनि बरामद भएको डिएसपी थापाले जानकारी दिए ।

गाँजा बरामद भए पछि ट्रकका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ वर्षका मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका–६ बस्ने १८ वर्षीय आकाश राईलाई नियन्त्रण लिएको थियो ।

थप चेकजाँचपछि ट्रक र पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको डिएसपी थापाले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस