२०८२ अषाढ १७, मंगलबार

पूर्वराजालाई गिरफ्तार गर्न माओवादी सांसदको माग

नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् ।
पूर्वराजालाई गिरफ्तार गर्न माओवादी सांसदको माग

२१ वैशाख, काठमाडौं / नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार ढिलाइ गरिरहेको भनेर पनि प्रश्न उठाए ।

पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउन उनले पुनः आग्रह गरे । गत १५ चैतमा तीनकुनेमा निर्णायक आन्दोलन भनेर राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । हिंसात्मक भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।

निजी सम्पति, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र, सवारीसाधन र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । सञ्चारमाध्यमका कार्यालयमा समेत तोडफोड र आगजनीका प्रयास भएका थिए ।

यस्तो कार्यको माइक्रो म्यानेजमेन्ट पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको माओवादी सांसद सुनारले दावी गरे । यसकारण पूर्वराजा ज्ञानेन्द्रलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको आग्रह छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस